विश्व शान्ति पूजा सम्पन्न,
विश्व शान्ति पूजा सम्पन्न
काठमाडौं । विश्व बौद्ध धर्म संघले थाइल्याण्डको उत्तरी बैंककको फ्रा धम्माकाय चैत्यबाट आयोजना गरिएको विश्व शान्ति पूजा सम्पन्न भएको छ ।
विश्वमा बढ्दै गएको अशान्ति, लोभ, मोह, व्यक्ति व्यक्तिबीचको मनमुटाव तथा राष्ट्रहरुबीच युद्धहरुले मानव जीवनमा आइपरेकोे कष्ठलाई न्यूनिकरण गर्दे शान्त तथा समृद्ध विश्व समाज निर्माणमा टेवा पु-याउने उद्देश्यका साथ विश्व बौद्ध धर्म संघले थाइल्याण्डको उत्तरी बैंककको फ्रा धम्माकाय चैत्यबाट आयोजना गरिएको हो । विश्व शान्ति पूजा ५०० भन्दा बढी व्यक्तिहरुको बीचबाट दीप प्रज्वलन पूजा गरी सम्पन्न गरिएको थियो ।
सन् १९७० मा अत्यन्तै सानो स्रोतबाट शुरु भएको यस धम्माकाय चैत्य बौद्ध धर्मावलम्बी धम्माकाय विश्वकै ठूलो संस्थाको रुपमा परिचित छ । १० लाख मानिस सहभागी हुने यस पूजामा बुद्धको प्रसिद्ध मन्दिर धम्माकायमा आयोजना गरिको थियो ।
आइतबार दिप प्रज्वलन पूजामा दश हजार भिक्षुहरुको साथमा एक मिलियन भगवान बुद्धको एक मिलियन पगोडा मन्दिर परिक्रमा गरी पूजा पूर्णरुपमा सम्पन्न गरिएको थियो । उक्त पूजा समापनमबवाट फ्रा धम्माकायको सहायक एबोट प्रभाबन्दना भाइडस ले विश्व बौद्ध धर्म संघमा सम्पूर्ण सदस्यलाई स्वागत गरेका थिए ।
विश्व बुद्ध धर्म संघको पहल तथा धम्माकायको सहयोगबाट आयोजना गरिएको विश्व शान्ति पूजा गौतम बुद्धको अष्टमार्ग तथा चार आर्यसत्यलाई निर्देशक सिद्धान्त मान्दै महायानाको निङ्मा सेक्ट अन्तर्गत लामा फुर्बु छेवाङले नेतृत्व गरेका थिए ।
पूजाको समापन समारोहलाई सम्बोधन गर्दे धम्माकायको विदेश विभाग प्रमुख भिक्षु यस दुईदिन पूजाले धम्माकाय र विश्व बौद्ध धर्म संघबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुको साथै बुद्ध दर्शनको माध्यमबाट विश्व शान्तिमा टेवा पु-याउने विश्वास व्यक्त गरे ।
यसैगरी गरी यस पूजामा भिक्षुहरुले अत्यधिक सहभागी रिहेको थियो ।
सन् २०२० को अन्यसम्म हङकङ, जापान, सिंगापुर, म्यानमार, ताइवान्, चीन लगायत बीस भन्दा बढी राष्ट्रमा पूजा सम्पन्न गरी नेपाललाई विश्व सामु परिचित गर्नको लागि सहयोग गर्ने जानकारी संस्थाको अध्यक्ष आनी भीम सुवा गुरुङले बताए ।
News Link: https://lokpath.com/story/55886

It’s is good organisation and I would like to participate in United Nations on Eve of Gowtham Budda birth anniversary to be held in May 2024.
Pl give details for registration or Invitation
Dear Dr. Srinivas Rajo,
Thank you very much for showing your interest. Please follow the email provided and we will be answering your query typically within three working days.
Thank you
Congratulations